१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन
काठमाडौँ । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।
त्रिवि स्रोतका अनुसार देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकामा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता हुन सकेको थिएन ।
पछि विभिन्न क्याम्पसमा विवाद हुँदा थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नसकेका क्याम्पसको संख्या ११४ रहेको स्रोतले जनाएको छ ।
आज विभिन्न २१७ क्याम्पसमा चुनाव भएका छ । प्राप्त जानकारीअनुसार कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कर्णालीमा २२ क्याम्पसमा मतदान भइरहेको छ ।
यस्तै सुदूरपश्चिमका ३५ वटामा आज निर्वाचन भएको छ भने १० वटामा ८ गते र एउटामा सोमबार हुनेछ । यस्तै उपत्यकामा २५ क्याम्पसमा आज निर्वाचन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा चार खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, डिजेलमा सबैभन्दा धेरै रकम बाहिरियो
-
इलाम नगरलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस
-
शैक्षिक परामर्श व्यावसायी र शिक्षा मन्त्रीबिच छलफल सकियो
-
गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण