स्ववियु निर्वाचन
स्ववियु निर्वाचनमा देशभर ६ हजार भन्दा बढी प्रहरी परिचालन
आइतबार, ०५ चैत्र २०७९, १५ : १६
_4PTu6VU6C2.jpg)
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालयका अनुसार देशभर ६ हजार ४७५ जना प्रहरी परिचालन गरिएको हो ।
निर्वाचनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रहरी परिचालन गरिएको छ । लुम्बिनीका क्याम्पस अन्तरगतको निर्वाचनमा १५३२ जना प्रहरी परिचालन गरिएको छ ।
यस्तै कोशीमा १२०६, मधेसमा २२२, बागमतीमा ५२९ जना प्रहरी परिचालन गरिएको छ ।
यसैगरी गण्डकीमा ६८०, कर्णालीमा ४२९, सुदूरपश्चिममा ५७७ जना प्रहरी परिचालन गरिएको छ ।
यस्तै उपत्यकाका क्याम्पस क्षेत्रमा १३०० जना प्रहरी परिचालन गरिएको छ । देशभर चुनाव हुने ४४८ क्याम्पसमध्ये २८४ वटामा मनोनयन दर्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामना मन्दिर भक्तजनका लागि खुला
-
पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबी : अमेरिकासँग एलियन छ
-
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न
-
गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गरिने
-
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
-
बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै