शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायण र नलगाड बहुमुखी क्याम्पसको विवाद के हो ?

आइतबार, ०५ चैत २०७९, १९ : ३५
आइतबार, ०५ चैत २०७९

सुर्खेत । आइतबार कर्णालीका दर्जन क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) निर्वाचनका लागि मतदान भइरहँदा दैलेखको नारायण बहुमुखी क्याम्पस र जाजरकोटको नलगडा बहुमुखी क्याम्पसमा विवाद देखिएको छ । नारायणमा यसअघिकै विवादका कारण चुनावनै हुन सकेन भने नलगाडमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको कारण विवाद भएर रोकिएको छ  । 

नारायण बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हो भने नलगाड त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस हो । नलगाडमा आइतबार दिउँसो साढे ३ बजेतिर अनेरास्ववियु निकट एक जना विद्यार्थीले फर्जी मत हालेका थिए । 

दुईवटै मत खसालेर बाहिर निस्कँदा निर्वाचन समितिले फर्जी मत हालेको पत्ता लगाएको थियो । 

निर्वाचन अधिकृत प्रमेश्वर शाहीका अनुसार ती विद्यार्थीले हालेका दुईवटै मत बदर गर्ने निर्णय भएको छ । तर अनेरास्ववियु समर्थक विद्यार्थीले निर्वाचन रद्द गर्नुपरेको उनको आरोप छ ।

 ‘विवाद नसुल्झिएसम्म मतदान गर्न दिइएन,’ उनले रातोपाटीसँग भने,‘ सोमबार चुनाव सहज हुन्छ भने ५ जनालाई हाल्ने सहमति जनाएका छौँ । त्यसपछि अनेरास्ववियुले गरेको निर्णय अनुसारनै चुनाव सम्पन्न भएको छ । बाँकी सहमतिका आधारमा जाने छौँ । सहमति नभएसम्म मत गणना नगर्ने सहमति भएको  छ ।’ 

यद्यपि अनेरास्ववियुले त्यहाँ तालाबन्दी गरेको छ । उल्टै क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले फर्जी मत हाल्न लगाएकोले तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ । निर्वाचन अधिकृतले राजीनामा नदिएसम्म र विश्वासको वातावरण नभएसम्मका लागि तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ ।

निर्वाचन अधिकृत शाहीले भने पुनः चुनाव गर्ने नगर्ने विषयमा सबै विद्यार्थी संगठनका साथिहरुसँग बसेर छलफल गरिने बताए ।

यता नारायण बहुमुखी क्याम्पस दैलेखमा भने यसअघि देखिकै विवाद साम्य नभएकाले आइतबार चुनाव भएन । अनेरास्ववियुले यसअघि कार्यालयमा लगाएको ताला भने खोलेको छ ।   

अनेरास्ववियुका नेता पृथ्वी सिंहले २५ चैत्रमा उम्मेदवारको अन्तिम नामावली निकाल्ने क्रममा भएको विवादमा आफूहरुको आपत्ति रहेको जनाए ।  

साथै उनले निर्वाचन अधिकृतको कार्यालयले अन्य संगठनलाई सहयोग हुने खालको कामहरु भएकाले तालाबन्दी गरिएको र अहिले खोलिसकिएको बताए ।

 ‘तालाबन्दी खुलिसकेको छ, मध्यपश्चिम विश्वविद्यालयले शनिवार ५ गते चुनाव गर्ने भनिएपनि नारायण बहुमुखी क्याम्पसमा हामीले स्थगित गरेका छौँ,’ उनले भने,‘ अहिले चार वटा विद्यार्थी संगठन बसेर १२ गते निर्वाचन गर्ने भनेर आधिकारिक लेटर मध्यपश्चिम विश्वविद्यालय प्रशासनलाई पठाएका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप