शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
ट्राफिक नियम

मन्त्री सवार झण्डावाल गाडीले नै मिच्यो ट्राफिक नियम ! (भिडियोसहित)

आइतबार, ०५ चैत २०७९

काठमाडौँ । सानालाई ऐन ठुलालाई चैन । एकजना बहालावाल मन्त्रीले त्यस्तै हर्कत देखाएका छन् । ४ दिनअघि थापाथली चोकमा मन्त्री सवार गाडीले ट्राफिक नियम उल्लंघन गरेको छ । झण्डावाल गाडीमा सवार थिए, खानेपानी मन्त्री अब्दुल खाँन ।

थापाथली पुलबाट माइतिघरतर्फ जान लागेका मन्त्रीको गाडी लेन क्रस गरेर त्रिपुरेश्वरतर्फ लागेको थियो । तर, सो गाडी थापाथली चोकको आइल्याण्ड नाघेर माइतीघरतर्फ लागेको देखिन्छ । थापाथलीमा दुईवटा नियम उल्लंघन गरेर खाँन सिंहदरबार मुलगेटतर्फ मोडिए ।

सिंहदरबार अगाडि उनका चालकले रातोवत्ति को वेवस्था गरेर गाडी हुइँक्याए । सो गाडी पुतलीसडकतर्फ लागेपछि ट्राफिक कन्ट्रोलमा बसेका प्रहरी अधिकारीले त्यसबारे फिल्डमा खबर गरेका थिए ।

सो घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई पनि जानकारी गराएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतका अनुसार चालकलाई बोलाइएको छ ।

गाडी खानेपानी मन्त्रालय मातहतको विभागको नाममा रहेको थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया