मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास

मङ्गलबार, ०५ साउन २०८३, २० : ५८
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्।
  • प्रहरीले २७ वर्षीय विशाल तामाङलाई नियन्त्रणमा लिएर पेट्रोल बरामद गरी स्वास्थ्य परीक्षण र काउन्सेलिङपछि रिहा गरेको छ।
  • तामाङले पूर्वराजालाई पाँच पटक भेट्ने प्रयास गर्दा पनि सफल नभएपछि आत्मदाहको प्रयास गरेको बताएका छन्।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक जना युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन्। 

पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरेको भए पनि भेट्न नपाएपछि मंगलबार शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका हुन्।

आत्मदाह गर्न खोज्ने युवक २७ वर्षीय विशाल तामाङ हुन् । उनलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् ।

‘आत्मदाह गर्छु’ भन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरेको छ। उनलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएर काउन्सेलिङ गरेपछि छाडिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।

बालाजुको बेकरी उद्योगमा काम गर्दै आएका तामाङमा जोरपाटी बस्थे। उनले जोरपाटीको लामा पम्पबाट पेट्रोल किनेर लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। 

पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरेको भए पनि भेट्न नपाएपछि आत्मदाह गर्न खोजेको उनले प्रहरीसँग बताएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप