सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निलकुमार थारु विजयी
बुटवल । कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीको स्ववियु सभापतिमा नेविसंघका निल कुमार थारु विजयी भएका छन्। उनले अनेरास्वविका उम्मेदवार अंजित खनाललाई पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचन समितिका प्रमुख गोविन्द खनालका अनुसार थारुले ३ सय ७२ मत पाएका छन् । खनालले ३ सय ४२ मत ल्याएका छन् । खनाललाई अखिल छैठौं र अखिल क्रान्तिकारी (बहुमत)को समर्थन थियो । थारू नेविसंघ वाट एक्लै मैदानमा गएका थिए ।
सचिवमा अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने विजयी भएका छन् । सदस्य तर्फ अनेरास्ववियुका हरि प्रसाद थारु, अर्चना आचार्य, सवित्रा पाण्डे, विपना गिरी निर्वाचित भएका छन् । नेविसंघबाट सुदन पोख्रेल निर्वाचित भएका छन् । ०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण