शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वासको मतबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दै

सोमबार, ०६ चैत २०७९, १० : ०४
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे बैठकले निर्णय गर्नेछ । 

‘दलको बैठक बसेर विश्वासको मत दिने नदिनेबारे औपचारिक निर्णय हुन्छ’, बर्तौलाले भने, ‘एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, त्यसको औपचारिक निर्णय बैठकले गर्छ ।’ नेकपा एमाले चैत ५ गतेबाट प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी बेञ्चमा बस्न पुगेको छ ।  

आज सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विश्वासको मत लिने कार्यसूची छ । एमालेले विश्वासको मत नदिए पनि प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने जनाइसकेकाले बहुमत सिद्ध गर्न कुनै समस्या छैन । गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै संसद्‍बाट विश्वासको मत लिन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप