विश्वासको मतबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे बैठकले निर्णय गर्नेछ ।
‘दलको बैठक बसेर विश्वासको मत दिने नदिनेबारे औपचारिक निर्णय हुन्छ’, बर्तौलाले भने, ‘एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, त्यसको औपचारिक निर्णय बैठकले गर्छ ।’ नेकपा एमाले चैत ५ गतेबाट प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी बेञ्चमा बस्न पुगेको छ ।
आज सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । एमालेले विश्वासको मत नदिए पनि प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने जनाइसकेकाले बहुमत सिद्ध गर्न कुनै समस्या छैन । गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै संसद्बाट विश्वासको मत लिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण