बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
संसद बैठक

सरकार शान्ति प्रक्रिया अविलम्ब टुंग्याउन चाहन्छ : प्रधानमन्त्री प्रचण्ड

सोमबार, ०६ चैत २०७९, १३ : ४२
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार शान्ति प्रक्रियालाई अविलम्ब टुंग्याउन चाहेको बताएका छन् ।  सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले विविध कारणले गर्दा अहिलेसम्म शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने काम नभएको भन्दै अब यसलाई निष्कर्षमा पुर्याउने बताएका हुन् ।

‘विविध कारणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम भएको छैन । वर्तमान सरकार अविलम्ब यो प्रक्रिया टुंग्याउन चाहन्छ’, प्रधानमन्त्रीले भने, ‘सोही अनूरुप अन्तराष्ट्रिय मानवअिधकार तथा मानवीय कानुन, संक्रमणकालीन न्यायका मान्यता र सिद्धान्त, पीडित सरोकारवालाका सुझाव र सर्वोच्च अदालतको आदेशका आधारमा वेपत्ता पारिएका

व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक तयार गरी संसदमा पेश गरिसकिएको छ ।’ उनले संक्रमणकालीन न्यायसम्बन्धी विषय कुनै दल विशेषको मुद्दा नभएको भन्दै यसलाई उच्च प्राथमिकतामा राखेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप