बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संसद विघटन कुनै गर्वको विषय थिएन : प्रधानमन्त्री प्रचण्ड

सोमबार, ०६ चैत २०७९, १३ : ५०
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु कुनै गर्भको विषय नभएको टिप्पणी गरेका छन् । संसद्मा विश्वासको मत लिँदै प्रचण्डले विगतका मतभेदहरू नउठाउने समझदारी भए पनि ओलीबाट पालना नभएको गुनासो गरेका छन् ।

  ‘हामीले विगतका मतभेदहरू नउठाउने समझदारी गरेका थियौँ । म त्यो प्रतिवद्धततामा कायम रहे । तर, केही पक्षबाट त्यो पालना भएन’ प्रचण्डले भने, ‘संसद्मा पहिलो दिन नै संसद् विघटन जस्तो अत्यन्तै संवेदनशील प्रवेशले पायो । त्यसले सिंगो देश तरंगित भयो । त्यो विषय न सान्दर्भिक थियो । न प्रशंगिक थियो । देशमा ठुलो राजनीतिक र संवैधानिक सङ्कट त्यो कुनै गर्भको विषय थिएन ।’  

सर्वोच्च अदालतले २ पटक असंवैधानिक भनिसकेको विषयलाई उछालेर गठबन्धनमा अविश्वास पैदा गरेको प्रचण्डले बताए । संसद् विघटनको विषय उठाएर ओलीले संविधान र लोकतन्त्रको निरन्तरता मात्रै होइन संसद्को स्थायित्वमै प्रश्न चिन्ह खडा गरेको बताए । सिंगै संसद्को विश्वासको मत पाएको प्रधानमन्त्रीले त्यहीँ संसद् विघटनको खुला पक्षपोषण ठुलो संवैधानिक र राजनीतिक चुनौतीको रूपमा लिएको प्रचण्डले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप