संसद विघटन कुनै गर्वको विषय थिएन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु कुनै गर्भको विषय नभएको टिप्पणी गरेका छन् । संसद्मा विश्वासको मत लिँदै प्रचण्डले विगतका मतभेदहरू नउठाउने समझदारी भए पनि ओलीबाट पालना नभएको गुनासो गरेका छन् ।
‘हामीले विगतका मतभेदहरू नउठाउने समझदारी गरेका थियौँ । म त्यो प्रतिवद्धततामा कायम रहे । तर, केही पक्षबाट त्यो पालना भएन’ प्रचण्डले भने, ‘संसद्मा पहिलो दिन नै संसद् विघटन जस्तो अत्यन्तै संवेदनशील प्रवेशले पायो । त्यसले सिंगो देश तरंगित भयो । त्यो विषय न सान्दर्भिक थियो । न प्रशंगिक थियो । देशमा ठुलो राजनीतिक र संवैधानिक सङ्कट त्यो कुनै गर्भको विषय थिएन ।’
सर्वोच्च अदालतले २ पटक असंवैधानिक भनिसकेको विषयलाई उछालेर गठबन्धनमा अविश्वास पैदा गरेको प्रचण्डले बताए । संसद् विघटनको विषय उठाएर ओलीले संविधान र लोकतन्त्रको निरन्तरता मात्रै होइन संसद्को स्थायित्वमै प्रश्न चिन्ह खडा गरेको बताए । सिंगै संसद्को विश्वासको मत पाएको प्रधानमन्त्रीले त्यहीँ संसद् विघटनको खुला पक्षपोषण ठुलो संवैधानिक र राजनीतिक चुनौतीको रूपमा लिएको प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण