बार्सिलोना फर्कँदै मेस्सी ?
सोमबार, ०६ चैत २०७९, १५ : ५७
बार्सिलोना । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँगको करार नवीकरण नगर्ने चर्चाबीच उनी पुरानो क्लब बार्सिलोना फर्कने चर्चा सुरु भएको छ ।
फ्रान्सका सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्टअनुसार पीएसजीसँग मेस्सीको करार नवीकरण यतिबेला असम्भवजस्तै देखिएको छ । बार्सिलोना यसको फाइदा उठाउँदै उनलाई क्लबमा भित्र्याउने तयारी गरिरहेको छ ।
यसअघि च्याम्पियन्स लिगको अन्तिम १६ बाट पीएसजी बाहिरिएसँगै बार्साका अध्यक्ष जोआन लापोर्टाले पर्दा पछाडि मेस्सीलाई फर्काउन प्रयास गरिरहेको समाचार पनि आएको थियो ।
मेस्सीको उच्च तलबको मागसँग पीएसजीका समर्थकहरू असन्तुष्ट रहेको बेला बार्सामा मेस्सीको स्वपनिल पुनरागमन सम्भव हुनसक्ने अनुमान गरिएको छ ।-गोल डटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण