सरकारमा सहभागी हुने विषयमा छलफल गर्न एकीकृत समाजवादीले बनायो कार्यदल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन पार्टीले अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको छ ।
मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जाने बारेमा छलफल भएको बताए । उनले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको बताए ।
उनले भने, ‘सरकारमा जाने विषयमा निर्णय भएको छ । पार्टी सत्ता पक्षमा बसिसकेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छ । सरकारमा जाने र यसबारे वृहत् ढङ्गले सोच्नुपर्ने भएकाले त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसाल तीन सदस्य कार्यदल गठन गरेको छ । यसले नीति तथा कार्यक्रम राख्ने बारेमा पनि सोच्नेछ । सरकारमा कसरी अघि बढ्ने भन्ने बारेमा सचिवालयमा प्रस्ताव दिनेछ ।’
उपमहासचिव खतिवडाले कार्यदलले सरकारी कुन ढङ्गले जाने भन्ने बारेमा सचिवालयलाई प्रस्ताव दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण