बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

मङ्गलबार, ०७ चैत २०७९, १५ : ३८
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन पार्टीले अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको छ । 

मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जाने बारेमा छलफल भएको बताए । उनले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको बताए । 

उनले भने, ‘सरकारमा जाने विषयमा निर्णय भएको छ । पार्टी सत्ता पक्षमा बसिसकेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छ । सरकारमा जाने र यसबारे वृहत् ढङ्गले सोच्नुपर्ने भएकाले त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसाल तीन सदस्य कार्यदल गठन गरेको छ । यसले नीति तथा कार्यक्रम राख्ने बारेमा पनि सोच्नेछ । सरकारमा कसरी अघि बढ्ने भन्ने बारेमा सचिवालयमा प्रस्ताव दिनेछ ।’

उपमहासचिव खतिवडाले कार्यदलले सरकारी कुन ढङ्गले जाने भन्ने बारेमा सचिवालयलाई प्रस्ताव दिने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप