ब्युटिसियन ट्यालेन्टका लागि १३ जना छनौट

काठमाडौँ । ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौं श्रृँखलाको काठमाडौँमा पहिलो अडिसन सम्पन्न भएको छ । अडिसनबाट अन्तिम प्रतिस्पर्धाको लागि १३ जना छनौट भएका छन् ।
अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियनहरु सहभागी भएका थिए । छनौट हुनेमा मनिषा श्रेष्ठ, प्रमिला दर्नाला (पुजा), श्वेता मगर श्रेष्ठ, दीपा श्रेष्ठ, आयुषा खड्का, मन्दिरा श्रेष्ठ, रजनी खड्का, सञ्जिना सितिखु, सुनिता प्रजापति मानन्धर, पुनम साउद, संगीता सुवेदी, प्रनिशा डंगोल र उर्मिला मानन्धर रहेका छन् ।
अडिसनमा अभिनेत्री पल्पसा डँगोल, अग्रज व्युटिसियन अनिता खड्का रायमाझी, लायन्स सुरेन्द गिरी, ब्युटिसियन ट्यालेन्ट गायिका तथा सञ्चारकर्मी सरिता भारती र कस्मेटिक विज्ञ परिषी कारंजित निर्णायक रहेका थिए ।
नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा उजार गर्ने उदेश्यसहित बिगत ६ वर्षदेखि आयोजना हुँदै प्रतियोगीता रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले आयोजना गर्दै आएको हो । प्रतियोगिताको दोश्रो अडिसन अगामी १० गते आयोजना हुनेछ । २८ चैतमा एक भब्य समारोहका बीच प्रतियोगीताको विजेता छानिनेछ । विजेताले काठमाडौं बैंकक काठमाडौंको तर्फबाट ५० हजार रुपैयाँ बराबरका हवाई टिकट लगायत बिभिन्न गिफ्ट प्राप्त आयोजक संस्थाकी सोनी कारँजितले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने