ब्युटिसियन ट्यालेन्टका लागि १३ जना छनौट
काठमाडौँ । ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौं श्रृँखलाको काठमाडौँमा पहिलो अडिसन सम्पन्न भएको छ । अडिसनबाट अन्तिम प्रतिस्पर्धाको लागि १३ जना छनौट भएका छन् ।
अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियनहरु सहभागी भएका थिए । छनौट हुनेमा मनिषा श्रेष्ठ, प्रमिला दर्नाला (पुजा), श्वेता मगर श्रेष्ठ, दीपा श्रेष्ठ, आयुषा खड्का, मन्दिरा श्रेष्ठ, रजनी खड्का, सञ्जिना सितिखु, सुनिता प्रजापति मानन्धर, पुनम साउद, संगीता सुवेदी, प्रनिशा डंगोल र उर्मिला मानन्धर रहेका छन् ।
अडिसनमा अभिनेत्री पल्पसा डँगोल, अग्रज व्युटिसियन अनिता खड्का रायमाझी, लायन्स सुरेन्द गिरी, ब्युटिसियन ट्यालेन्ट गायिका तथा सञ्चारकर्मी सरिता भारती र कस्मेटिक विज्ञ परिषी कारंजित निर्णायक रहेका थिए ।
नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा उजार गर्ने उदेश्यसहित बिगत ६ वर्षदेखि आयोजना हुँदै प्रतियोगीता रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले आयोजना गर्दै आएको हो । प्रतियोगिताको दोश्रो अडिसन अगामी १० गते आयोजना हुनेछ । २८ चैतमा एक भब्य समारोहका बीच प्रतियोगीताको विजेता छानिनेछ । विजेताले काठमाडौं बैंकक काठमाडौंको तर्फबाट ५० हजार रुपैयाँ बराबरका हवाई टिकट लगायत बिभिन्न गिफ्ट प्राप्त आयोजक संस्थाकी सोनी कारँजितले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण