शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हास्यव्यङ्ग्य सर्वअंग हो – मनोज गजुरेल

बुधबार, ०८ चैत २०७९, ०७ : ३६
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । कलाकार मनोज गजुरेलले पछिल्लो समय हास्यव्यङ्ग्यको दुरुपयोग भइरहेको बताए । सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति भित्रिएकोले हास्यव्यङ्ग्यमा पनि जथाभाबी शब्द प्रयोग हुन थालेको उनको भनाइ छ ।

‘अहिले सामाजिक संजालको ठुलो पौँच छ । त्यहाँ कानुनी नियन्त्रण छैन, छरपस्ट छ’ गजुरेलले भने ‘गीतसङ्गीत जस्तै हास्यव्यङ्ग्य पनि भाइरल हुन खोज्नेले यसको दुरुपयोग गरिरहेका छन् ।’ यो पछिल्लो समयको च्यालेन्जको विषय भएको यसलाई घटाउनु जरुरी रहेको रहेको उनको धारणा छ ।

हालै राजधानीमा सम्पन्न निफमा ‘हास्य व्यङ्यले हौसिएको नेपाली सिनेमा’ विषयक बहसमा बोल्दै गजुरेलले हास्यव्यङ्ग्य विद्या नभएर सर्वअंग भएको चर्चा गरे । ‘राजनीतिक, आर्थिक, सांस्कृतिक र समाजका हरेक पक्ष हास्यव्यङ्ग्य मार्फत हामी बोल्छौ’, गजुरेलले थपे ‘हास्यव्यङ्ग्य र पत्रकारिता उस्तै उस्तै हो । यो पनि राज्यको एउटा अङ्ग हो । सबै पक्ष समेटिने भएकोले यसलाई अङ्ग मात्र होइन सर्वअंग भन्नुपर्छ ।’

पहिले कमजोर, दलित, सीमान्तकृत बर्गलाई व्यङ्ग्यको विषय बनाउने परम्परा थियो । मैले पनि गरे । त्यो सनातन शैली अहिले परिवर्तन हुनुपर्छ र बिस्तारै परिवर्तन भएको छ । त्यसका लागि बहसको मञ्च आवश्यक छ’, उनले अगाडि भने ‘पहिला म विद्यार्थी सङ्गठनमा हुँदा त्यही सङ्गठनको पक्ष र उसको विपक्षमा रहेकालाई हास्यव्यङ्ग्य गर्दथेँ । त्यसो गर्दा तररर ताली बज्थ्यो । त्यही भएर मलाई हास्यव्यङ्ग्य भनेको नै त्यही हो जस्तो लाग्थ्यो ।’ सक्दै अगाडि बढ्दै जाँदा अहिले सोच फेरिएको उनले सुनाए ।

अहिले आफ्नो कर्म, धर्म हास्यव्यङ्ग्य भएकोले हास्य ब्याङ्ग्य आफूले अहिले धेरैको हितका लागि प्रयोग गर्ने गरेको उनले बताए । ‘हास्यब्याङ्ग्यलाई पूजा बनाउनुपर्छ । धेरैको हितका लागि गर्नुपर्छ’ उनले भन्दै गए ‘म शक्तिमा रहेको लागि ब्याङ्ग्य गर्छु । त्यसले शक्तिमा रहेकाको चित्त दुखाउला । त्यसले धेरै मानिसलाई भने खुसी दिन्छ ।’ हास्यब्याङ्ग्यको क्रममा आफूले मधेसी, नेवारी, लिम्बु लगायत धेरैको नक्कल गरे पनि कुनै सम्प्रदायलाई दुःख महसुस हुने गरेर कहिल्यै पनि ब्याङ्ग्य नगरेको खुलाए । भने ‘यी अधिकांशले बाहिरी हाँसो गराउँछन् । तर, म भित्रबाट हँसाउने प्रयास गर्छु ।’

‘धेरै मानिसको फेस हँसाइयो । आत्मिक तह मन र बुद्धिभन्दा भित्र मृत्यु शय्यामा पुगेको मानिस पनि कुन बेला सुनेको जोक सुनेर हाँसोस् अहिले मेरो प्रयास त्यो हो’ उनले थपे ‘हास्यव्यङ्ग्य भनेको प्रोफेसनल मात्र हैन । सामाजिक प्रोफेसनल हो । यसमा समाज प्रत्यक्ष जोडिन्छ ।’

हास्यव्यङ्ग्य कलाकारलाई कतिपयले कमेडियन भनेर सम्बोधन समेत नगरेको अवस्था छ । मनोज भने नायक नायिकाको अगाडि हास्यव्यङ्ग्य कलाकारलाई कमेडियन भनेर सम्बोधन नगर्दा पनि आफूलाई बेठिक नलाग्ने बताउँछन् । ‘विद्या र प्रस्तुति आआफ्नो हो’ उनी भन्छन्, ‘नायक नायिकाको फोटो पत्रिकामा छापिन्छ, अनलाइनमा अपलोड हुन्छ । तर तिनीहरू निश्चित समयपछि कि च्यातिन्छन्, कि डिलेट हुन्छन् । तर व्यङ्यकारको विचार मान्छेको मनमस्तिष्कमा नमेटिने छाप भएर बस्दछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप