कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । आज बुधबार बिहान ११ बजे काठमाडौँ स्थित एक क्याफेमा बैठक आह्वान गरिएको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमा अन्तिम निर्णय गर्न बैठक बोलाइएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार उक्त बैठक सकेर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावका विषयमा सहभागी हुन सांसदहरू हेटौँडा आउने कार्यक्रम रहेको छ । उक्त बैठकमा गठबन्धन, सरकार र कांग्रेसको सहभागिता, भागबन्डा लगायतका विषयमा छलफल हुने उनले बताए ।
यसअघि मंगलबार बसेको कांग्रेस बागमती प्रदेश समितिको कार्य सम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । समितिले असमझदारीका बीच मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
मुख्यमन्त्री जम्मकट्टेलले नियुक्ति भएको ६५ दिनमा नै दोस्रो पटक ८ चैत आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले सरकारलाई दल वा सांसदले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिन भित्र सांसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले संवैधानिक व्यवस्था अनुसार फागुन १३ गतेको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । उनको विश्वासको मत सम्बन्धी प्रस्ताव संसदमा छलफलका लागि ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
यसअघि सरकारमा सहभागी दल राप्रपाले फागुन १३ गते समर्थन फिर्ता लिएको थियो । जम्मकट्टेल नेतृत्वको सरकारबाट सहभागी राप्रपाले समर्थन फिर्ता लिँदै आफ्ना ३ मन्त्रीलाई फिर्ता बोलाएको थियो । राप्रपाका ३ मन्त्रीले उक्त दिन मुख्यमन्त्रीलाई सामूहिक राजीनामा बुझाएका थिए । मुख्यमन्त्री जम्कट्टेल गत पुस २५ गते एमाले र राप्रपाको प्रमुख समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सोको असर प्रदेश तहमा पनि देखिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् ।
यसअघि गत माघ ३ गते बसेको प्रदेशसभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
-
सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
-
बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा
-
विश्वकप पावर र्याङ्किङः अर्जेन्टिना शीर्षबाट ओर्लिँदा फ्रान्स र स्पेनले बनाए दाबेदारी
-
बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण