शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सरकारको सय दिन

बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए

शनिबार, २० असार २०८३, १९ : २६
शनिबार, २० असार २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको पहिलो १०० दिनको अवधिमा अपराध नियन्त्रण र नागरिक सुरक्षाको क्षेत्रमा उल्लेखनीय कदम चालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दाबी गरेको छ । 

सरकारले शनिबार सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार यस अवधिमा विभिन्न सरकारी निकायमा हुने अवैध लेनदेन र चलखेलमा संलग्न ४९५ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ।

नेपाल प्रहरीले सरकारी कार्यालयहरूमा सर्वसाधारणलाई दुःख दिने र अनावश्यक प्रभाव पार्ने ती बिचौलियाहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको हो । पक्राउ परेकामध्ये १७० जना विरुद्ध औपचारिक रूपमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, नागरिकको निजी सम्पत्तिमाथि हुने आक्रमण, तोडफोड र लुटपाटका घटनामा संलग्न १३ हजार ६ सय ९६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमध्ये ६ हजार ९ सय १५ जना विरुद्ध विभिन्न मुद्दाहरू दर्ता गरी कानुनी दायरामा ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप