तीन जना मृत अवस्थामा फेला
बुधबार, ०८ चैत्र २०७९, ११ : २८

काठमाडौं । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीकको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुर नगरपालिका-२ व्यासी औद्योगिक क्षेत्रमा रहेको सोभुगाड नेपाल दुधडेरीमा काम गर्ने सुर्यबिनायक नगरपालिका-७ बाराहीस्थान बस्ने शंखुवासभा स्वाटी घर भएका ६४ वर्षीय तुलाराम तामाङ मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरस्थित गोठमा जनकपुर उपमहानगरपालिका-१० देवी चोक बस्ने ६५ वर्षीय जोगी यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभाको खादबारी नगरपालिका-९ तुम्लिङटार मनकामनास्थित अरुण नदीको किनारमा पनि अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मैथिली इतिहास, भाषा र सहित्यमाथि ‘विमर्श’ हुने
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले जगायो आशा
-
प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग गर्ने
-
भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री