बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजार १५ अंकले घट्यो, कतिको भयो कारोबार ?

बुधबार, ०८ चैत २०७९, १५ : ३९
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १५.७६ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.८१ प्रतिशतले घटेर परिसूचक १९३३ अंकमा आइपुगेको हो ।

यसक्रममा आज १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, यस अवधिमा ३७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको कारोबार सुरु भएको सुरुवाती समयमा भने बढ्ने संकेत गरेको थियो ।

यसअघि हिजो घोडेजात्राका कारण उपत्यका बिदा हुँदा नेप्सेको कारोबार समेत बन्द थियो । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा ७ अंकको गिरावट आएको थियो भने सोमबार २२ अंकले बढेको थियो । आज बुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।

परिसूचक घटेपनि आज ३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १६६ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको भने बढेको छ । यसक्रममा आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्दै २९२ रुपैयाँमा पुगेको छ । यस्तै, आज बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ७.६२ प्रतिशतले घटेको छ ।

परिसूचक उच्च अंकले घट्दा आज सबै समूहमा गिरावट आएको छ । आज कारोबारमा आएका १३ वटै समूह घटेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप