सेयर बजार १५ अंकले घट्यो, कतिको भयो कारोबार ?
काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १५.७६ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.८१ प्रतिशतले घटेर परिसूचक १९३३ अंकमा आइपुगेको हो ।
यसक्रममा आज १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, यस अवधिमा ३७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको कारोबार सुरु भएको सुरुवाती समयमा भने बढ्ने संकेत गरेको थियो ।
यसअघि हिजो घोडेजात्राका कारण उपत्यका बिदा हुँदा नेप्सेको कारोबार समेत बन्द थियो । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा ७ अंकको गिरावट आएको थियो भने सोमबार २२ अंकले बढेको थियो । आज बुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।
परिसूचक घटेपनि आज ३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १६६ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको भने बढेको छ । यसक्रममा आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्दै २९२ रुपैयाँमा पुगेको छ । यस्तै, आज बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ७.६२ प्रतिशतले घटेको छ ।
परिसूचक उच्च अंकले घट्दा आज सबै समूहमा गिरावट आएको छ । आज कारोबारमा आएका १३ वटै समूह घटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण