रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन हुने
काठमाडौँ । नेकपा(एमाले)को जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै फेडेरेसनले नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ११ गते महाधिवेशनको उद्घाटन गर्ने जानकारी गराएको छ ।
विदेशमा वैदेशिक रोजगारी, अध्ययन र व्यापार, व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको फेडरेसनले २०७८ साल पौष १६ गते चन्द्रबहादुर रोकायाको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । हालसम्म ५ वटा प्रदेश समिति, ५४ वटा जिल्ला समिति र पालिकाहरुको अधिवेशन सम्पन्न भइसकेको फेडरेसनका उपमहासचिव जेपी सापकोटाले जानकारी दिए । उनले चैत्र १२ गतेका दिन नयाँ नेतृत्व चयन हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्की र पाराग्वेबीच खेल सुरु, दुवै टोली पहिलो अंकको खोजीमा
-
बागमती गाउँपालिकाले ल्यायो ७३ करोड २० लाखको बजेट
-
कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’, राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण