रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन हुने
काठमाडौँ । नेकपा(एमाले)को जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै फेडेरेसनले नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ११ गते महाधिवेशनको उद्घाटन गर्ने जानकारी गराएको छ ।
विदेशमा वैदेशिक रोजगारी, अध्ययन र व्यापार, व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको फेडरेसनले २०७८ साल पौष १६ गते चन्द्रबहादुर रोकायाको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । हालसम्म ५ वटा प्रदेश समिति, ५४ वटा जिल्ला समिति र पालिकाहरुको अधिवेशन सम्पन्न भइसकेको फेडरेसनका उपमहासचिव जेपी सापकोटाले जानकारी दिए । उनले चैत्र १२ गतेका दिन नयाँ नेतृत्व चयन हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा