बागमती गाउँपालिकाले ल्यायो ७३ करोड २० लाखको बजेट
सारांश
- मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ७३ करोड २० लाखको बजेट प्रस्तुत गरेको छ ।
- कुल बजेटमध्ये चालू खर्चतर्फ ४७ करोड २९ लाख ४ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २५ करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
- बजेटमा शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ७३ करोड २० लाख बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको बागमती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष फणीन्द्र तिल्सिनाले आगामी आर्त्गिक वर्षका लागि ७३ करोड २० लाख रुपैयाँको बजेट प्रस्ताव पेस गरेका हुन् ।
कुल बजेटमध्ये चालू खर्चतर्फ ४७ करोड २९ लाख ४ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ २५ करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको उपाध्यक्ष तिमल्सिनाले बताए । उपाध्यक्ष तिमल्सिनाले प्रस्तुत बजेटमध्ये सामाजिक विकासतर्फ ३५ करोड २८ लाख ६५ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ६ करोड ५ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ १६ करोड १९ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ३० करोड ९० लाख रुपैयाँ तथा कार्यालय प्रशासनिक खर्चतर्फ १२ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। शिक्षा, युवा तथा खेलकुद क्षेत्रअन्तर्गत बागमती फुटबल एकेडेमी सञ्चालन तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ तथा राष्ट्रिय बागमती गोल्डकपका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस शीर्षकमा कुल ५ करोड १० लाख रुपैयाँ बजेट छुट्टाइएको छ।
यसैगरी, कृषकलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर अधिकतम ५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउन १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्यतर्फ गाउँपालिकाले निर्माण सम्पन्न १५ शैयाको अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ७५ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ। उक्त नीति, गाउँसभामा गाउँपालिका अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते
-
महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण