सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविले परीक्षा केन्द्र टाढा राखेको भन्दै अनेरास्ववियुको आपत्ति

बुधबार, ०८ चैत २०७९, २० : ५७
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र टाढा राखेको भन्दै आपत्ति जनाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले बुधबार विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर त्रिविले यही चैत १२ गतेबाट हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखेको आरोप लगाएका हुन् ।

उनले विद्यार्थीहरुलाई दुःख दिने यस कार्यप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राख्ने निर्णय फिर्ता नलिएमा अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्न चेतावनी दिए ।

a 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप