त्रिविले परीक्षा केन्द्र टाढा राखेको भन्दै अनेरास्ववियुको आपत्ति
बुधबार, ०८ चैत २०७९, २० : ५७
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र टाढा राखेको भन्दै आपत्ति जनाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले बुधबार विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर त्रिविले यही चैत १२ गतेबाट हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखेको आरोप लगाएका हुन् ।
उनले विद्यार्थीहरुलाई दुःख दिने यस कार्यप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राख्ने निर्णय फिर्ता नलिएमा अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्न चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण