सुनको मूल्य तोलामा १२ सयले बढ्यो
बिहीबार, ०९ चैत २०७९, १० : ३७
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज तोलामा १ हजार २०० रुपैयाँले सुनको मूल्य बढेकाे जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै हिजो बुधबारको तुलनामा मूल्य बढेकाे जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण