सुनको मूल्य तोलामा १२ सयले बढ्यो
बिहीबार, ०९ चैत २०७९, १० : ३७

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज तोलामा १ हजार २०० रुपैयाँले सुनको मूल्य बढेकाे जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै हिजो बुधबारको तुलनामा मूल्य बढेकाे जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस एन्ड मिस्टर रोयल ग्लोबल क्विन नेपाल २०२५’मा छानिए ४ विजेता
-
सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन
-
चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ
-
कमलादीको दीप प्रज्वलनमा हिमानीदेखि हृदयेन्द्रसम्म (तस्बिरहरू)
-
नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने