प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन (सूचीसहित)
काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ । ८ वैशाख २०८० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सकिनेछ ।
१८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सकिनेछ ।
लिखित परीक्षा सामान्य तर्फको २० जेठ २०८० मा हुनेछ । सामान्य विषयको नतिजा सार्वजनिक भएपछि विषयगत परीक्षाको मिति तोकिने आयोगले जनाएको छ । आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमित शिक्षा उत्तीर्ण (कक्षा १२) वा सो सरहको परीक्षा (कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ ।
त्यस्तै प्राथमिकत तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ । यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा हुनेछ । लिखित परीक्षा एकैदिन एकै समयमा हुने हुँदा कुनै पनि उम्मेदवारले एक जिल्लामा मात्र दरखास्त फाराम भर्न सकिनेछ । यदि सो नगरेको कारणले दरखास्त फाराम अस्वीकृत हुन गएमा उम्मेदवार स्वयम् जवाफदेही र जिम्मेवार हुनुपर्ने आयोगले जनाएको छ ।
सबैभन्दा कोशी प्रदेश अन्तर्गतका जिल्लाका १ हजार ३५५ सिटमा विज्ञापन आह्वान गरिएको छ । आयोगले मधेश प्रदेशमा १ हजार ११७, बागमती प्रदेशमा १ हजार २४१, गण्डकी प्रदेशमा ८६१, लुम्बिनी प्रदेशमा ५३८, कर्णाली प्रदेशमा ४७२ र सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका लागि ४२९ सिटका लागि विज्ञापन आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण