मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

वासिङ्टन । मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् ।
सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो । उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते भएका चालकलाई अस्पताल पु¥याइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
यसैबीच, म्यान्माको याङ्गुन–माण्डले राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य १४ जना घाइते भएका राजमार्ग प्रहरीले बताएको छ । दुवै मृतक पुरुष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम
-
४ वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा
-
‘बिचौलियाको चलखेलका कारण सरकारले गभर्नर नियुक्त गर्न सकेन’
-
माया राई सहकारीमा हुँदा साढे २ करोड अपचलन, ३७ लाख ३५ हजार बिगो दाबीसहित मुद्दा दायर
-
निराश हुनुहुँदैन, निराशाले आत्महत्या गराउँछ : गृहमन्त्री लेखक