संसदमा ढ्यापढ्यापे समयको नाम फेर्न संशोधन प्रस्ताव
बिहीबार, ०९ चैत २०७९, १४ : २२
काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले टेबल ढ्याप ढ्याप पारेर लिने समयको नाम फेर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् । उनले सो व्यवस्थालाई संसद्को नियमावलीमै व्यवस्था गरेर ढ्यापढ्यापेको नाम फेर्न संशोधन हालेका हुन् ।
प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा संशोधन पेस गर्दै सापकोटाले ढ्यापढ्यापे समयका रूपमा तजबिजमा प्रयोग हुँदै आएको समयलाई नियमावलीमै व्यवस्था गरेर आकस्मिक समयको रूपमा प्रयोगमा ल्याउन भनेका हुन् ।
त्यस्तै शून्य समय र विशेष समयअघिको सो समयलाई नियमावलीमा व्यवस्था गर्नुपर्ने भन्दै सापकोटाले संशोधन गर्न माग गरेका हुन् । उनले कार्य व्यवस्था परामर्श समितिको निर्णयका आधारमा मात्र सभामुखले बैठक सञ्चालन गर्न पाउने गरी संशोधन गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण