काठमाडौँ र भरतपुरमा पीईटी सङ्कलन बिनहरू राखिँदै
काठमाडौँ । विश्व रिसाइक्लिङ दिवसको अवसर पारेर कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाडौँ उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीईटी कलेक्सन बिनहरू राखिएका छन् । रिसाइकल प्रक्रियामार्फत पीईटी बोतलहरूलाई पुन प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारण माझ पुर्याउने उद्देश्यका साथ यस परियोजनाको सुरुवात गरिएको हो ।
अगस्ट २०२० मा स्थानीय अधिकारीहरूको सहयोगमा सुरु भएको यस संयुक्त परियोजना ‘रिफ्रेस एण्ड रिसायकल’ पेट बोतल सङ्कलन अभियानको दोस्रो चरण हो । धेरै मानिसहरूको जमघट हुने र पेट बोतलहरू बढी फालिने काठमाडौँका ९ स्थान र भरतपुरका ६ स्थानहरूमा यी बिनहरू राखिने छ ।
डोको रिसायकलर्सका सह–संस्थापक राघवेन्द्र महतोले भने, ‘हामी प्रत्येक नेपालीलाई यो सिकाउन सकौँ कि पीईटी बोतलहरू यसरी संकलन गरेर रिसाइकल गर्न सकिन्छ जसले गर्दा वातावरणमा पर्ने नकारात्मक असरहरू थोरै भए पनि कम गर्न सकिन्छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलले कोका–कोलाले वर्ल्ड विदाउट वेष्टको विश्वव्यापी प्रतिबद्धताका साथ विश्वभर विभिन्न रिसाइक्लिङ्ग र पुनः प्रयोग सम्बन्धी परियोजनाहरू सञ्चालन गरिरहेको जानकारी दिए । त्यस्तै भाटभटेनी सुपरमार्केट पाटनकी स्टोर म्यानेजर श्रीमती मुना राईले भनिन्, ‘जसरी स्वच्छ वातावरणमा बाँच्न पाउनु हाम्रो अधिकार हो, त्यसै गरी आफू वरिपरिको वातावरणलाई सफा राख्नु पनि हाम्रो दायित्व हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण