अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ
शुक्रबार, १० चैत २०७९, ०८ : ३९
सुर्खेत । रुकुम पश्चिममा एक जना महिलाको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम दाङको तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवा बस्ने ३५ वर्षीय प्रेम बहादुर केसी रहेका छन् ।
उनले रुकुम पश्चिम मुसिकोट नगरपालिका– ९ चौखाबाङ् घर भई मुसिकोट नगरपालिका–४ ठाराडुङ्गामा कोठामा भाडामा बस्दै आएका ३० वर्षीय कृष्णा ओली खड्काको शरीरमा पेट्रोल छर्केर आलो लगाउने प्रयास गरेका थिए ।
प्रहरीका अनुसार उनले १ लिटर पेट्रोल शरीरमा छर्केर पनि लाइटर बाली सल्काउन खोजिरहेका थिए । त्यही बेला स्थानीय छिमेकीलेदेखि समाउने प्रयास गर्दा केसी भागेका थिए । प्रहरीले उनलाई गहुँ बारीमा लुकी रहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण