बेलायतको संसद्ले टिकटकमा लगायो प्रतिबन्ध, कम्पनीले के भन्यो ?
बेलायतको संसद्ले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अब संसद्को वाईफाइ नेटवर्कबाट यसको प्रयोग गर्न पाइने छैन ।
एक प्रवक्ताले बेलायत सरकारले सुरक्षा समीक्षा पछि निर्णय गरेको जानकारी दिएका छन् । मन्त्रीहरूले आफ्नो फोनमा यो एप प्रयोग गर्न नसक्ने उनले बताएका छन् ।
धेरै सांसदहरुले यो एप प्रयोग गर्ने गरेको उनले बताए । यसका साथै कर्मचारीलाई दिएको उपकरणबाट पनि टिकटक हटाइनेछ ।
टिकटकले आफ्ना प्रयोगकर्ताहरूको डाटा चिनियाँ सरकारलाई दिने आरोप खण्डन गरेको छ ।
कम्पनीले आफ्नो विज्ञप्तिमा संसद्को यो निर्णयलाई गलत धारणामा आधारित भएको जनाएको छ ।
यो प्रतिबन्ध लगत्तै संसद्मा आउने सबै सांसद तथा अतिथिहरूले संसद्को वाई फाइ नेटवर्कबाट आफ्नो डिभाइसमा टिकटक चलाउन पाउने छैनन् ।
यद्यपि, उनीहरूले आफ्नो मोबाइल डाटा चलाएर भने आफ्नो फोनमा टिकटक प्रयोग गर्न सक्षम हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण