शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको संसद्ले टिकटकमा लगायो प्रतिबन्ध, कम्पनीले के भन्यो ?

शुक्रबार, १० चैत २०७९, १० : ०३
शुक्रबार, १० चैत २०७९

बेलायतको संसद्ले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अब संसद्को वाईफाइ नेटवर्कबाट यसको प्रयोग गर्न पाइने छैन ।

एक प्रवक्ताले बेलायत सरकारले सुरक्षा समीक्षा पछि निर्णय गरेको जानकारी दिएका छन् ।  मन्त्रीहरूले आफ्नो फोनमा यो एप प्रयोग गर्न नसक्ने उनले बताएका छन् । 

धेरै सांसदहरुले यो एप प्रयोग गर्ने गरेको उनले बताए । यसका साथै कर्मचारीलाई दिएको उपकरणबाट पनि टिकटक हटाइनेछ । 

टिकटकले आफ्ना प्रयोगकर्ताहरूको डाटा चिनियाँ सरकारलाई दिने आरोप खण्डन गरेको छ । 

कम्पनीले आफ्नो विज्ञप्तिमा संसद्को यो निर्णयलाई गलत धारणामा आधारित भएको जनाएको छ ।

यो प्रतिबन्ध लगत्तै संसद्मा आउने सबै सांसद तथा अतिथिहरूले संसद्को वाई फाइ नेटवर्कबाट आफ्नो डिभाइसमा टिकटक चलाउन पाउने छैनन् ।

यद्यपि, उनीहरूले आफ्नो मोबाइल डाटा चलाएर भने  आफ्नो फोनमा टिकटक प्रयोग गर्न सक्षम हुनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप