कांग्रेस नेता खाणले भेटे प्रधानमन्त्री र उपेन्द्र यादवलाई
काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । केन्द्रमा गठबन्धन सरकार निर्माण र प्रदेशमा एमालेलाई हटाए गठबन्धन अनुकूल सरकार बनाउने कसरत भएका बेला नेता खाणले प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवलाई छुट्टाछुट्टै भेटेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका उनले जसपा अध्यक्ष यादवलाई जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेटका हुन् । प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावशालीरूपमा सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो ।
‘प्रधानमन्त्री प्रचण्डज्यूसँग बालुवाटारमा भेट भयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारी रूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,’ नेता खाणले भने । संघीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नबारेमा कुराकानी भएको उनको भनाइ छ ।
गठबन्धनलाई बलियो बनाउनुपर्छ भनेर लागिरहेका नेता खाणसँग प्रधानमन्त्री प्रधानमन्त्रीले सत्ता भागबण्डाबारे पनि कुराकानी गरेका थिए । जसपा अध्यक्ष यादवसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटमा पनि केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माणलगायतबारे कुराकानी भएको खाणले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण