शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परीक्षा केन्द्र टाढा राखिएको विरोधमा पनिकामा अनेरास्ववियुले लगायो ताला

शुक्रबार, १० चैत २०७९, १६ : २३
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियुले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ । अनेरास्ववियु जिल्ला समितिले परीक्षा केन्द्र टाढा राखिउको भन्दै ताला लगाएको हो । १२ चैतदेखि स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन हुदैंछ । पनिकाले परीक्षा केन्द्र टाढा राखेको भन्दै विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन् । 

अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर विद्यार्थीलाई दुख दिने अभिप्रायले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राखिएको आरोप लगाएको छ ।  भोजपुरको परीक्षा केन्द्र संखुवासभा, बाँकेको बर्दिया, डोटीको कैलाली परीक्षा केन्द्र पारिएको छ । उक्त कार्यले विद्यार्थीलाई दुःख दिन खोजिएको भन्दै ताला लगाइएको अनेरास्ववियु त्रिवि जिल्ला समिति उपाध्यक्ष समिर राज विष्टले जानकारी दिए ।  

विद्यार्थीहरूलाई दुःख दिने नियतका साथ एक जिल्लादेखि अर्को जिल्ला राखिएको उनको आरोप छ । यस विषयमा त्रि वि जिल्ला कमिटीले पटकपटक ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएको हुँदा दबाब स्वरूप तालाबन्दी गरिएको उनले बताए ।

bigyapti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप