परीक्षा केन्द्र टाढा राखिएको विरोधमा पनिकामा अनेरास्ववियुले लगायो ताला
काठमाडौँ । परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियुले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ । अनेरास्ववियु जिल्ला समितिले परीक्षा केन्द्र टाढा राखिउको भन्दै ताला लगाएको हो । १२ चैतदेखि स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन हुदैंछ । पनिकाले परीक्षा केन्द्र टाढा राखेको भन्दै विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन् ।
अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर विद्यार्थीलाई दुख दिने अभिप्रायले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राखिएको आरोप लगाएको छ । भोजपुरको परीक्षा केन्द्र संखुवासभा, बाँकेको बर्दिया, डोटीको कैलाली परीक्षा केन्द्र पारिएको छ । उक्त कार्यले विद्यार्थीलाई दुःख दिन खोजिएको भन्दै ताला लगाइएको अनेरास्ववियु त्रिवि जिल्ला समिति उपाध्यक्ष समिर राज विष्टले जानकारी दिए ।
विद्यार्थीहरूलाई दुःख दिने नियतका साथ एक जिल्लादेखि अर्को जिल्ला राखिएको उनको आरोप छ । यस विषयमा त्रि वि जिल्ला कमिटीले पटकपटक ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएको हुँदा दबाब स्वरूप तालाबन्दी गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण