शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ उपनिर्वाचन : गठबन्धनको निर्णयको पर्खाइमा लोसपा

शनिबार, ११ चैत २०७९, २० : २०
शनिबार, ११ चैत २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले बारा २ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेपनि अन्तिम निर्णयका लागि पार्टी अझै सत्ता गठबन्धनको निर्णयको पर्खाइमा रहेको छ । आज बबरमहलस्थित संसदीय दलको कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा उपनिर्वाचनको विषयमा छलफल भएको हो । 

बैठकले बारा–२ मा हुने उपनिर्वाचनमा लोसपाबाट उम्मेदवार उठाउने तर सत्ता गठबन्धनले कस्तो निर्णय गर्छ, कुन उम्मेदवारमा सहमति बनाउँछ, त्यसैको आधारमा थप निर्णय गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । गठबन्धनले निर्णय नगरेसम्म उपचुनावका तयारीका लागि बाराका पार्टीका नेता तथा कार्यकर्ताहरुसँग छलफल गर्ने र त्यहाँको वस्तुस्थितिको बारेमा अध्ययन अनुसन्धान गर्ने पनि बैठकले निर्णय गरेको ती नेताको भनाई छ । बारा–२ मै गएर त्यहाँको बारेमा जानकारी लिने तथा त्यहाँका नेताहरुलाई काठमाडौँ बोलाएर पनि छलफल गर्ने जस्ता विषयमा छलफल गरिनेछ ।

बैठकमा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने विषयमा चर्चा भए पनि महतो स्वयंले नै बारा–२ का लागि काँग्रेस, माओवादीलगायतका दलहरूले के निर्णय गर्छ त्यसको आधारमा छलफल गरेर अगाडि बढ्ने धारणा राखेको स्रोतले जनाएको छ । पार्टीले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने निर्णय पनि गरेको छ । भोलि लोसपाले निर्वाचन आयोगमा दल दर्ता गराउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप