मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग

आइतबार, १२ चैत २०७९, १३ : ३४
आइतबार, १२ चैत २०७९

काठमाडौँ ।  जनता समाजवादी पार्टीका सांसद अशोक कुमार राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् ।  आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद राईले प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि तीव्र विरोध भएको उल्लेख गरे । सो विरोधको क्रममा भएको आन्दोलनमा पदमकुमार लिम्बुको टाउकोमा गम्भीर ढङ्गले चोट लाग्न पुगेको र उनको मृत्यु भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

उनले यस्ता घटनाहरूको सिलसिला नरोकिएको उल्लेख गरे ।  उनले मधेस आन्दोलनका क्रममा २९ जनाले ज्यान गुमाएको स्मरण गर्दै अधिकार माग्दा ज्यान लिने घटना ज्यादै निन्दनीय रहेको बताए । उनले यस्ता घटनाहरू रोक्न र मृतकलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप