पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग
आइतबार, १२ चैत २०७९, १३ : ३४
१
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद अशोक कुमार राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद राईले प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि तीव्र विरोध भएको उल्लेख गरे । सो विरोधको क्रममा भएको आन्दोलनमा पदमकुमार लिम्बुको टाउकोमा गम्भीर ढङ्गले चोट लाग्न पुगेको र उनको मृत्यु भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले यस्ता घटनाहरूको सिलसिला नरोकिएको उल्लेख गरे । उनले मधेस आन्दोलनका क्रममा २९ जनाले ज्यान गुमाएको स्मरण गर्दै अधिकार माग्दा ज्यान लिने घटना ज्यादै निन्दनीय रहेको बताए । उनले यस्ता घटनाहरू रोक्न र मृतकलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण