बढ्दै कोरोना : सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो
आइतबार, १२ चैत २०७९, १७ : १३
काठमाडौँ । पछिल्ला केही दिनमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४२ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप १६ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिबाट पुष्टि भएका यसमा पछिल्ला ५ दिनको सञ्चित रहेको सङ्ख्या पनि समावेश छ । पछिल्लो २४ घण्टामा २ जना निको पनि भएका छन् ।
नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार २२३ जना तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ९ लाख ८९ हजार १६१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म १२ हजार २० जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने दर १.२ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण