विराट गोल्डकप : अन्तिम क्वार्टरफाइनल खेल संकटा र भारतको लुका सकर भिड्दै
आइतबार, १२ चैत २०७९, १९ : ३४
विराटनगर । सातौँ संस्करणको विराट गोल्डकपको अन्तिम क्वार्टरफाइनल* खेल सुरु भएको छ । विराटनगरस्थित सहिद मैदानमा आज ६ः४७ बजेबाट ‘ए’ डिभिजन क्लब संकटा र भारतको लुका सकरबीच खेल सुरु भएको हो ।
आजको अन्तिम क्वाटरफाइनल खेल सकिएपछि विराट गोल्डकपको क्वार्टरफाइनलको समीकरण पूरा हुनेछ । आज जित्ने टिम फाइनल प्रवेशका लागि चैत १४ गते साबिक विजेता एपीएफसँग खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण