बैंकका कर्मचारीले बोकेको रकम लुटपाटमा संलग्न पक्राउ
सोमबार, १३ चैत २०७९, १० : ०७

काठमाडौँ । ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीले बोकेको रकम लुटपाटमा संलग्न तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर १३ का जिवछ बिक, वडा नम्बर १९ सत्य नारायन मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर ८ का श्याम कुमार यादव रहेका छन् ।
उनीहरुले गत फागुन ११ गते मिर्चैया नगरपालिका वडा नम्बर ३ मा ग्लोबलमा काम गर्ने कर्मचारीले मिर्चैयाको ९ लाख रकम लुटपाट गरेर फरार भएका थिए । बैंकको शाखा कार्यालय कल्याणपुरतर्फ लिएर जाने क्रममा उनीहरुले पेस्तोल देखाई रकम खोजेर फरार भएको प्रहरीले जनाएको छ ।
सिरहा नगरपालिकास्थित हेमनारायण चोकमा भएको उक्त घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
-
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र