बैंकका कर्मचारीले बोकेको रकम लुटपाटमा संलग्न पक्राउ
सोमबार, १३ चैत २०७९, १० : ०७
काठमाडौँ । ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीले बोकेको रकम लुटपाटमा संलग्न तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर १३ का जिवछ बिक, वडा नम्बर १९ सत्य नारायन मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर ८ का श्याम कुमार यादव रहेका छन् ।
उनीहरुले गत फागुन ११ गते मिर्चैया नगरपालिका वडा नम्बर ३ मा ग्लोबलमा काम गर्ने कर्मचारीले मिर्चैयाको ९ लाख रकम लुटपाट गरेर फरार भएका थिए । बैंकको शाखा कार्यालय कल्याणपुरतर्फ लिएर जाने क्रममा उनीहरुले पेस्तोल देखाई रकम खोजेर फरार भएको प्रहरीले जनाएको छ ।
सिरहा नगरपालिकास्थित हेमनारायण चोकमा भएको उक्त घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण