बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता गठबन्धन बैठक

मन्त्रिपरिषद् पुनर्गठनमा सकस : सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने

सोमबार, १३ चैत २०७९, ११ : २२
सोमबार, १३ चैत २०७९

काठमाडौँ । सत्ता गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजेमात्र बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको हो ।  प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले मंगलबार दिउँसो ४ बजे १० दलीय गठबन्धनको बैठक बस्ने तय भएको जानकारी दिए । सो मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निर्णय हुने उनको भनाइ छ । 

त्यसअघि शीर्ष तहमा नेताहरुबीच एकपक्षीय तथा बहुपक्षीय छलफल हुने छ । जसअनुसार सोमबार बिहान मात्रै प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको छ ।  प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले मन्त्रालयको भागबण्डाबारे सहमति जुटाउन प्रयास गरेपनि ठोस निष्कर्ष निस्कन नसकेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप