सत्ता गठबन्धन बैठक
मन्त्रिपरिषद् पुनर्गठनमा सकस : सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने
सोमबार, १३ चैत २०७९, ११ : २२
काठमाडौँ । सत्ता गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजेमात्र बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको हो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले मंगलबार दिउँसो ४ बजे १० दलीय गठबन्धनको बैठक बस्ने तय भएको जानकारी दिए । सो मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निर्णय हुने उनको भनाइ छ ।
त्यसअघि शीर्ष तहमा नेताहरुबीच एकपक्षीय तथा बहुपक्षीय छलफल हुने छ । जसअनुसार सोमबार बिहान मात्रै प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले मन्त्रालयको भागबण्डाबारे सहमति जुटाउन प्रयास गरेपनि ठोस निष्कर्ष निस्कन नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण