माओवादी नेता वर्षमान पुन स्वदेश फर्किने तयारी
सोमबार, १३ चैत २०७९, ११ : ४१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुन यसैसाता स्वदेश फर्किने तयारी गरेका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनले यसै साता स्वदेश फर्किने तयारी गरेका हुन् ।
‘उहाँ (वर्षमान पुन) को स्वास्थ्यमा उल्लेख सुधार भयो । सबै अवस्था हेरेर यो साताभित्रै स्वदेश फर्किने तयारी छ’ पुन निकट एक नेताले भने , ‘जन्डिसको मात्रा घटेको छ । स्वास्थ्यमा सुधार हुँदै गएको छ ।’
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन् । अहिले नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा