माओवादी नेता वर्षमान पुन स्वदेश फर्किने तयारी
सोमबार, १३ चैत २०७९, ११ : ४१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुन यसैसाता स्वदेश फर्किने तयारी गरेका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनले यसै साता स्वदेश फर्किने तयारी गरेका हुन् ।
‘उहाँ (वर्षमान पुन) को स्वास्थ्यमा उल्लेख सुधार भयो । सबै अवस्था हेरेर यो साताभित्रै स्वदेश फर्किने तयारी छ’ पुन निकट एक नेताले भने , ‘जन्डिसको मात्रा घटेको छ । स्वास्थ्यमा सुधार हुँदै गएको छ ।’
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन् । अहिले नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण