एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा
काठमाडौँ । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सातवटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको बनाए ।
सुदूरपश्चिम प्रदेशमा आगामी वैशाख २ र ३ गते, कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ र ७ गते, बागमती प्रदेशमा वैशाख १० र ११ गते, गण्डकी प्रदेशमा वैशाख १२ र १३ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ ।
मधेस प्रदेशमा वैशाख १४ र १५ गते, कोशी प्रदेशमा वैशाख १६ र १७ गते, गैरभौगोलिक क्षेत्रमा वैशाख १८ र १९ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ । प्रदेश तहमा गरिएको समीक्षाको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिने छ । सोही प्रतिवेदनको आधारमा पार्टीले आगामी कार्ययोजना बनाउने बताइएको छ ।
समीक्षा बैठकमा प्रदेशमा खटिएका पार्टीका केन्द्रीय उपाध्यक्षको सहभागितामा हुनेछ । बैठकमा प्रदेशभरि खटिएका सबै केन्द्रीय सदस्य रहनेछन् । एमालेले चैत २० गतेभित्र मिसन ग्रासरुट अभियान सम्पन्न गर्न निर्देशन दिएको छ ।
पालिकास्तरमा चैत २० देखि २५ गतेसम्म पालिका तह समीक्षा र जिल्लास्तरमा चैत २५ देखि ३० गतेसम्म समीक्षा बैठक राख्न भनिएको छ ।
महासचिव पोखरेलद्वारा जारी सर्कुलरमा मिसन ग्रासरुट अभियान योजनाअनुसार नै अघि बढिरहेको भए पनि कतिपय स्थानमा उद्देश्यभन्दा भिन्न परम्परागत राजनीतिक गतिविधि जस्ता बन्न पुगेका जनाइएको छ । “कतिपय ठाउँमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्र गतिविधि हुने गरेको देखिएको छ भने केन्द्रीय प्रतिनिधि उपस्थित हुन नसकेको केही ठाउँमा अभियानको नेतृत्व कसले गर्ने भन्ने हो अवस्था रहेको छ”, सकुर्लरमा भनिएको छ ।
हिमाली क्षेत्रमा कतिपय पालिकामा हिमपातका कारणले अभियान सुरु हुन नसकेको बताइएको । एमालेले गत फागुन ५ गतेदेखि पार्टी सदस्यता वितरण गर्ने, आधारभूत तहका कमिटीको गठन÷पुनःगठन र अधिवेशन गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो ।
मिसन ग्रासरुट अभियानमा एमालेले पार्टीका उपाध्यक्षलाई सात प्रदेशको संयोजन र केन्द्रीय सदस्यलाई सात सय ५३ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्नका लागि खटाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण