शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्रीलाई भेटेलगत्तै एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

मङ्गलबार, १४ चैत २०७९, ११ : २५
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

एकीकृत समाजवादीका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ । 

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप