राजनीति
प्रधानमन्त्रीलाई भेटेलगत्तै एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
मङ्गलबार, १४ चैत २०७९, ११ : २५
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण