भोजपुरे, खतिवडा र श्यामललाई वासु शशी पुरस्कार प्रदान
काठमाडौँ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७औँ जन्मजयन्तीको अवसरमा वासु शशी स्मृति परिषद्ले नेपाली साहित्य क्षेत्रका तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम वैद्यको उपस्थितिमा भएको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको ‘वासु शशी साहित्य सम्मान’ प्रदान गरे ।
यसैगरी परिषद्ले करिब आधा शताब्दीदेखि नेपाली साहित्य क्षेत्रमा निरन्तर कलम चलाइरहनु हुने कवि श्यामल (हरिहर अधिकारी)लाई २५ हजार रुपियाँ नगदसहित २०७९ सालको ‘वासु शशी साहित्य पुरस्कार’ प्रदान गरेको छ ।
यस्तै ‘वासु शशीका नाटकमा नाट्यतत्त्व’ शीर्षकमा विद्यावारिधि गर्ने अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई २१ हजार नगदसहित ‘वासु शशी शोध पुरस्कार’ प्रदान गरेको छ ।
सो अवसरमा प्रमुख अतिथि दिवसले समाजसेवी तथा साहित्यकार रमेश रेग्मीको तेस्रो कृति ‘मेरो छोरा फर्किनै पर्छ’ कथासङ्ग्रह लोकार्पण गरेका थिए । प्रमुख अतिथि दिवस, अध्यक्ष गणेश रसिक र सम्मानितहरू व्यक्तित्वहरू हिरण्य भोजपुरे, श्यामल र डा. खतिवडाले आआफ्नो मन्तव्य राखेका थिए ।
साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठले वरिष्ठ कवि एवं नाटककार वासु शशी, हिरण्य भोजपुरे, श्यामल, डा. गोपीकृष्ण खतिवडाबारे सङ्क्षिप्त परिचय दिएका थिए । कवि यादव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सुमन वर्षाले साहित्यकार रमेश रेग्मीको कथासङ्ग्रहबारे चर्चा गरेकी थिइन् भने परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण