युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
युक्रेनका पूर्व रक्षामन्त्रीको बर्खास्तीले एक साता लामो विरोध प्रदर्शन निम्त्याएपछि बिहीबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनलाई नयाँ जिम्मेवारी प्रस्ताव गरेका छन्। तरउनले अर्को जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका छन्।
लोकप्रिय सुधारवादी नेता मिखाइलो फेडोरोभले आफू पुरानै पद (रक्षामन्त्री) मा मात्र फर्कन तयार रहेको बताएका छन्। उनले उक्त पदबाट आफूले ‘भ्रष्टाचार’ विरुद्ध लड्न, ‘झूटको संस्कृति’ निर्मूल गर्न र ‘सेनाको रूपान्तरण’ को काम पूरा गर्न सक्ने बताएका छन्।
जेलेन्स्कीले मात्र छ महिनामै फेडोरोभलाई बर्खास्त गरेपछि उनलाई पुनःस्थापित गर्न माग गर्दै नयाँ प्रदर्शनको आह्वान गरिएको छ।
“म रक्षामन्त्रीबाहेक कुनै पनि पद स्वीकार गर्दिनँ,” फेडोरोभले पत्रकारहरूलाई वितरण गरेको एक विज्ञप्तिमा भनेका छन्।
“अन्य कुनै पदमा खरिदसम्बन्धी भ्रष्टाचार रोक्ने, सेनाको रूपान्तरण पूरा गर्ने, शत्रुमाथिको कारबाहीको योजना कार्यान्वयन गर्ने, प्रणालीभित्र झूट र जवाफदेहिताको कमी हटाउने वास्तविक अधिकार हुँदैन,” उनले भने।
गत साता जेलेन्स्कीले फेडोरोभलाई बर्खास्त गर्दा सन् २०२२ मा रुसले आक्रमण गरेपछि किएभमा सबैभन्दा गहिरो राजनीतिक सङ्कट उत्पन्न भएको थियो।
देशभरि हजारौं युवाले उक्त निर्णयविरुद्ध प्रदर्शन गरेका थिए।
युक्रेनी सेनालाई आधुनिकीकरण र डिजिटलाइजेसन गर्ने जिम्मेवारीसहित ३५ वर्षीय फेडोरोभलाई जनवरीमा रक्षामन्त्री नियुक्त गरिएको थियो।
सैनिक कमान्डसँग लामो समयदेखि भित्री द्वन्द्व भएपछि उनलाई राष्ट्रपति जेलेन्स्कीले बर्खास्त गरेका थिए। उनले सैनिक कमान्डले आफ्नो परिवर्तनको आह्वानलाई प्रतिरोध गरेको आरोप लगाएका थिए।
केही दिनको प्रदर्शनपछि जेलेन्स्कीले यो हप्ताको सुरुतिर सेनाध्यक्ष अलेक्ज्यान्डर सिरस्कीलाई बर्खास्त गरेर फेडोरोभका सहयोगी तथा सुधारवादी मिखाइलो द्रापाती नियुक्त गरेका थिए।
राष्ट्रपति जेलेन्स्कीले नयाँ कार्यवाहक रक्षामन्त्री नियुक्त गरेका छन् र फेडोरोभलाई पुरानै पद दिन अस्वीकार गरेका छन्।
फेडोरोभ जेलेन्स्कीका पुराना सहयोगी मानिन्छन्। सन् २०१९ मा जेलेन्स्की राष्ट्रपति बनेदेखि नै उनीसँग सहकार्य हुँदै आएको थियो।
उनले प्रारम्भिक चरणमै ड्रोनको प्रयोगलाई बढाउने नीति अँगालेका कारण सेनाभित्र र बाहिर दुवैतिर प्रशंसक कमाएका थिए। यो चार वर्ष आधा लामो युद्धमा मुख्य हतियार बन्ने स्पष्ट भइसकेको थिएन।
उनले सेनाको सोभियत शैलीको दृष्टिकोण र मानवीय क्षतिको पर्याप्त ध्यान नदिएको भन्दै आलोचना गरेका थिए। भ्रष्टाचार, उपकरण अभाव, अनुपस्थिति, भर्ती सैनिकहरूप्रतिको व्यवहार र अलोकप्रिय परिचालन अभियानबाट प्रभावित सेनालाई सुधार्ने प्रयास गरेका थिए।
रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेयता दशौँ हजार सैनिक मारिएका छन्। यो दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्व बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण