शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह

बिहीबार, ०७ साउन २०८३, २३ : ३६
बिहीबार, ०७ साउन २०८३

मकवानपुर ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनलाइन ठगी (स्क्यामिङ) तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको भन्दै होटल, गेष्ट हाउस सञ्चालक तथा सर्वसाधारणलाई शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा बिहीबार जारी सूचनामा स्क्यामरहरूले विभिन्न प्रलोभन देखाएर बैंक खातामा रकम जम्मा गराउनेजस्ता गतिविधि बढाएकाले सबैलाई सचेत रहन अनुरोध गरिएको छ।

प्रशासनका अनुसार हेटौँडाका होटल तथा गेष्ट हाउसमा ग्राहकका रूपमा बस्ने केही व्यक्तिले अनलाइन किनमेल, अनलाइन जागिर, चिठ्ठा, व्यवसाय, बजार अनुसन्धान, उद्योगमा लगानी तथा होलसेल कारोबारको नाममा प्रलोभन देखाई विभिन्न व्यक्तिलाई आफ्नो क्यूआर कोड वा नेपाल तथा भारतस्थित बैंक खातामा रकम जम्मा गर्न लगाउने र विभिन्न उपाय अपनाएर ठगी गर्ने गरेको पाइएको छ।

यस्ता घटनासम्बन्धी पीडितहरूको गुनासो आउने गरेको उल्लेख गर्दै प्रशासनले केही व्यक्तिले होटल तथा गेष्ट हाउसमा लामो समय बस्ने, होटल सञ्चालकको फोन र सवारीसाधन प्रयोग गरेर विभिन्न व्यक्तिलाई जालझेलमार्फत ठगी गर्ने गरेको जानकारी दिएको छ।

प्रशासनले होटल तथा गेष्ट हाउस सञ्चालकलाई त्यस्ता व्यक्तिको दैनिक तथा रात्रिकालीन गतिविधिमाथि विशेष निगरानी राख्न, शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन तथा ठगी गर्ने मनसायले कसैलाई प्रयोग गरिएको थाहा पाएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप