बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

मङ्गलबार, १४ चैत २०७९, १४ : १३
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसंग पुनः आग्रह गरेका छन् ।
 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटबार्ताका क्रममा अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए । 

अध्यक्ष मल्लले भने, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरु निकै मर्कामा परेका छन । ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन । यसअघी ऋण लिएकाहरुले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ, ।’ उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दिर्घकाल सम्म पर्ने तर्फ अध्यक्ष मल्लले सांसदहरुको ध्यानकर्षण गराए । 
ब्याजदर नियन्त्रणसंगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

नागरिकको प्रत्यक्ष सेवा प्रवाहसंग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजश्व जस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिनेगरि काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।  नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा टाईम कार्ड लागु गर्नुपर्ने मल्लको भनाई छ ।
मुलुकको अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजानका लागि ठोस र प्रभावकारी रणनीति बनाउनुपर्ने अध्यक्ष मल्लले बताए । डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि निस्तेज गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
चेम्बर पदाधिकारीसंग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्ने बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप