एकीकृत समाजवादीले सोध्यो न्यौपानेलाई सात दिने स्पष्टीकरण
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए ।
न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो । तर, एकीकृत समाजवादीले उक्त निर्णय गोप्य राखेको छ ।
यसैबीच नेता न्यौपानेले स्पष्टीकरण सोधे पनि त्यसको जवाफ नदिने र आफूलाई कुनै फरक नपर्ने बताएका छन् । 'स्पष्टीकरण मैले दिने दिने होइन, जनताले दिन्छन्, चुनावमै दिइसकेका छन्’, न्यौपानेले रातोपाटीसँग भने, ‘पार्टीमा मैले फरक मत राख्दै आएको थिएँ, दुई लाइन सङ्घर्ष पनि चलेको थियो ।’
नेता न्यौपानेले एमालेसहितको पार्टी एकतामा जोड दिँदै आएका छन् । तर पार्टीले एमालेबाहेकको एकता भनेर निर्णय गरेपछि न्यौपाने थप बिच्किएका थिए । न्यौपाने पार्टीमा तेस्रो बरीयतामा छन् ।
सो पार्टीको मंगलबारकै बैठकले उपाध्यक्ष केदार न्यौपाने र नेता चूडामणि जंगलीले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण