एसीसी प्रिमियिर कपका लागि प्रारम्भिक टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप २०२३ का लागि प्रारम्भिक २१ सदस्यीय टोलीको घोषणा गरेको छ । वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेता सन् २०२३ को एसिया कपमा छनोट हुनेछ ।
क्यानले घोषणा गरेको टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल समावेश छन् ।
प्रतियोगितामा नेपालसहित समूह एमा साउदी अरब, ओमान, कतार र मलेसिया छन् । समूह बीमा यूएई, कुवेत, सिंगापुर, हङकङ र बहराइन छन् । लिग र नकआउटमा खेलिने प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालको क्रिकेट मैदान र मुलपानी क्रिकेट स्टेडियमा आयोजना हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण