स्थानीय तहको जग बलियो भए सबै सुधार भएर जान्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको जग बलियो भएमात्रै सबै कुरा सुदृढ भएर जाने बताएका छन् । काठमाडौँ महानगरको आयोजनामा बुधबारदेखि सुरु भएको न्यायिक सम्मेलनमा बोल्दै प्रचण्डले जनतासँग जोडिएको स्थानीय तह बलियो भएमा परिवर्तन संस्थागत हुने बताए ।
‘संघीय सरकार त्यसमा तीन तहको सरकारको परिकल्पना भयो । गाउँ गाउँमा सिंहदरबारको परिकल्पना गर्ने अवसर मलाई प्राप्त भयो । मैले नेतृत्व गरेको आन्दोलनको बलमा संविधान सभाबाट संविधान बनेर तीन तहको सरकार बन्यो’ प्रचण्डले भने, ‘तीन तहको सरकार बनाउने बेला स्थानीय तहको सरकार स्थापित गर्नेक्रममा प्रधानमन्त्री भएर भूमिका खेल्ने त्यो बेला पनि अवसर पाएको थिए । अहिले न्यायिक समितको उद्घाटन गर्दा हर्षको महशुस भएको छ ।’
यस्तै फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीय सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । संघीय सरकार पाँचै वर्ष टिक्नेमा सबैलाई ढुक्क रहन प्रचण्डले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण