उल्टो पैदलयात्रा गर्दै ६४ दिनमा मेचीबाट दाङ पुगे चौधरी दम्पती
दाङ । श्रीमानको शिरमा पहेलो रामनामी, मैलिएको सेतो कुर्ता र सुरुवाल अनि खुट्टामा फाटेका जुत्ता । घामले डढेको अनुहार । कपाल, जुँगा, दारी बढेर झुस्स परेका छन् । श्रीमतीको टाउकोमा कालो झोलाको कुम्लो, काँधमा झुलको थैली । यी दम्पती हुन् कोहलपुर नगरपालिका–७, लखनवाका ५० वर्षीय रुपन चौधरी र उनी श्रीमती ५३ वर्षीय पत्ररानी चौधरी । विश्व शान्तिको कामना गर्दै चौधरी दम्पती मेची–महाकालीको उल्टो पैदलयात्रामा निस्किएका हुन् । यात्राको ६४ औँ दिन बुधबार उनीहरू मेचीबाट दाङ आइपुगेका हुन् ।
गौतम बुद्धको पवित्र भूमिमा शान्तिको खोजीका लागि पैदल यात्रामा निस्किएको उनीहरू बताउँछन् । सामान्य परिवारका चौधरी दम्पती कृषि पेसा गर्दै जीविका चलाइरहेका थिए । तर मुलुकको अवस्था पनि आफ्नो जस्तै दयनीय रहेको भन्दै उनीहरू मुलुकको शान्ति र समृद्धिको संकल्पसहित मेची–महाकाली उल्टो पैदलयात्रामा निस्किएको बताउँछन् ।

रुपनले भने, ‘जहाँ पुग्दा सूर्यास्त हुन्छ, त्यहीँ बस्छौं, जहाँ सूर्योदय भएपछि यात्रा सुरु गर्छौँ । भोकैप्यासै पनि यात्रा निरन्तर छ ।’ चौधरी दम्पती यात्राका क्रममा निकै दुःख कष्ट झेल्नु परेको बताउँछन् । ‘म सामान्य खेती किसानी गर्ने मान्छे, उल्टो हिँडेर देशको यात्रा गरिरहेको छु । दुःखसुख यसैभित्र छ,’ रुपनले भने ।
परिवारको आर्थिक अवस्था कमजोर भए पनि मेची–महाकाली पैदल यात्रालाई चौधरी दम्पतीले सपनाको यात्रा बनाएको हो । तर त्यो सपना पूरा गर्न उनीहरूलाई निकै चुनौती देखिएको छ । रुपनले भने, ‘कसैले सहयोग गर्छन्, कसैले वास्तै गर्दैनन् । कसैले सहयोग गरेनन् भनेर यात्रा बिचमै रोक्ने कुरा पनि भएन ।’
मेची–महाकाली यात्रा पश्चात्त उनले भारतको बद्रीनाथसम्म नयाँ यात्रा आरम्भ गर्ने योजना बनाएका छन् । ‘मेची–महाकाली यात्रामा मुलुकको शान्तिको कामना गरेको छु भने नेपाल–बद्रीनाथको यात्राले विश्व शान्तिको कामना गर्नेछु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
-
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण