राजनीति
कांग्रेसबाट पहिलो चरणमा उपसभापति खड्का सरकारमा सहभागी हुने
बुधबार, १५ चैत्र २०७९, १५ : ३१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीले पहिलो चरणमा आजै मन्त्रिपरिषद विस्तारको तयारी थालेपछि कांग्रेसबाट खड्का सरकारमा सहभागी हुन लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी पठाउँदैछ । कांग्रेसले आठ मन्त्रालयमा दाबी पेस गरेको छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालि मन्त्रालय कांग्रेसले पाउने सम्भावना छ । पहिलो चरणमा खड्का सहभागी हुने कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी