शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

बिहीबार, १६ चैत २०७९, ०८ : ०१
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् ।

रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहीन बनाइएको राईले गुनासो गरेका छन् । 

राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठमाडौंमार्फत साउदी अरेबियाको नास म्यानपावर सोलुसन कम्पनीमा पुगेका थिए । उनीहरू मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेबरका रूपमा नास म्यानपावर सोलुसन कम्पनीमा पुर्‍याइएका हुन् । हाल होटेल किचन वर्करका रूपमा काम लगाइएका उनीहरूको सामान्य: खाने र बस्ने व्यवस्था भने नास म्यानपावर सोलुसन कम्पनीले नै मिलाएको छ । रोजगारका लागि कम्पनीलाई कुरा गर्दा म्यानपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन् ।

‘म्यानपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ । रोजगारी देऊ भनेर कुरा राख्दा नेपालको म्यानपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘म्यानपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन । प्रकाश पन्थीले मैले काम छाडेर बङ्गुर पालनमा लागिसकेँ भन्छ । हामीमाथि सरासर ठगी गरिएको छ ।’ 

काम र दाम विहीन बनाइएका १०-१५ जना युवालाई अल्खारेजमा राखिएको छ । उनीहरूका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौँ युवा अलपत्र छन् । अलपत्र युवा उद्धारको प्रतीक्षामा छन् । अलपत्र युवाका आफन्तले उद्धारका लागि वैदेशिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन् । उद्धारका लागि वैदेशिक रोजगार विभागमा पुग्दा म्यानपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताए । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप