अनमोललाई पिता भुवनको शुभकामना–‘संसार जित्ने साहस राख्नु छोरा’
काठमाडौंँ । पछिल्लो समयका हिट हिरो हुन् अनमोल केसी । वर्तमान समयमा नेपाली फिल्ममा उनको डिमान्ड उच्च छ । अनमोललाई लिएर फिल्म निर्माणका लागि ५० लाखसम्म पारिश्रमिक दिन तयार छन् निर्माता÷निर्देशक । तर पछिल्लो समय भने अनमोलको फिल्मले व्यवसायिक असफलता प्राप्त गर्न छाडेको छ । उनलाई लिएर फिल्म निर्माण गर्न तयार निर्माता सोच्न थालेका छन् ।
अनमोल आज आफ्नो जन्मदिन मनाउँदैछन् । उनको जन्मदिन परिवारका सदस्यसँग सेलिब्रेसन गर्ने योजना रहेको छ । जन्मदिनको अनमोललाई बिहानैदेखि शुभकामना आइरहेको छ । उनका पिता भुवन केसीले पनि सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै जन्मदिनको शुभकामना दिएका छन् । शुभकामनामा उनले अनमोल आफ्ना लागि भगवानले दिएको आशिर्वाद भएको समेत बताएका छन् ।
उनले लेखेका छन्-
‘अनमोल छौ तिमी, बरदान हौ तिमी
भगवानले दिएको आशिर्बाद हौ तिमी
तिमी मेरो प्यार हौ उमङ्ग हौ
मेरो बिश्वास अनि गर्व हौ ।
तिमी सधै यसरि नै हाँसिरहानु
करोडौ मान्छे को मनमा माया गासिरहनु
जिन्दगीमा सबै सम्बन्ध टुटे पनि
समयले सबैको साथ छुटे पनि
जन्म जन्मान्तर म तिम्रो साथमा हुन्छु
संसार जित्ने साहस राख्नु छोरा
म तिम्रो हिम्मत अनि हौसलामा सङ्गै हुन्छु
जन्मदिनको लाखौ लाख शुभकामना छोरा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण