बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोललाई पिता भुवनको शुभकामना–‘संसार जित्ने साहस राख्नु छोरा’

बिहीबार, १६ चैत २०७९, १५ : १७
बिहीबार, १६ चैत २०७९

काठमाडौंँ । पछिल्लो समयका हिट हिरो हुन् अनमोल केसी । वर्तमान समयमा नेपाली फिल्ममा उनको डिमान्ड उच्च छ । अनमोललाई लिएर फिल्म निर्माणका लागि ५० लाखसम्म पारिश्रमिक दिन तयार छन् निर्माता÷निर्देशक । तर पछिल्लो समय भने अनमोलको फिल्मले व्यवसायिक असफलता प्राप्त गर्न छाडेको छ । उनलाई लिएर फिल्म निर्माण गर्न तयार निर्माता सोच्न थालेका छन् ।

अनमोल आज आफ्नो जन्मदिन मनाउँदैछन् । उनको जन्मदिन परिवारका सदस्यसँग सेलिब्रेसन गर्ने योजना रहेको छ । जन्मदिनको अनमोललाई बिहानैदेखि शुभकामना आइरहेको छ ।  उनका पिता भुवन केसीले पनि सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै जन्मदिनको शुभकामना दिएका छन् । शुभकामनामा उनले अनमोल आफ्ना लागि भगवानले दिएको आशिर्वाद भएको समेत बताएका छन् । 

उनले लेखेका छन्-

‘अनमोल छौ तिमी, बरदान हौ तिमी
भगवानले दिएको आशिर्बाद हौ तिमी
तिमी मेरो प्यार हौ उमङ्ग हौ
मेरो बिश्वास अनि गर्व हौ ।
तिमी सधै यसरि नै हाँसिरहानु 
करोडौ मान्छे को मनमा माया गासिरहनु 
जिन्दगीमा सबै सम्बन्ध टुटे पनि 
समयले सबैको साथ छुटे पनि 
जन्म जन्मान्तर म तिम्रो साथमा हुन्छु 
संसार जित्ने साहस राख्नु छोरा 
म तिम्रो हिम्मत अनि हौसलामा सङ्गै हुन्छु 
जन्मदिनको लाखौ लाख शुभकामना छोरा ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप