बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच वार्ता जारी

बिहीबार, १६ चैत २०७९, ११ : १७
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । सरकारका प्रतिनिधि र मिटरब्याज पीडित समूहबीच गृह मन्त्रालयमा वार्ता चलिरहेको छ। पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबीचको वार्ताले ठोस निष्कर्ष निस्कने मन्त्रालयले जनाएको छ। 

सरकारको तर्फबाट वार्ता टोलीका नेतृत्व गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले गरिरहेकी छिन्। बिहान १० बजे देखि मन्त्रालयमा वार्ता सुरु भएको हो। वार्तामा सरकारको तर्फबाट समितिका ५ जना र  पीडित पक्षको तर्फबाट पनि ५ रहेका छन्। शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् भने मिटर ब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा सङ्घर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप